२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी अन्ततः सरकारमा सहभागी हुने

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा)ले अन्ततः सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी संघ र प्रदेश दुबैतर्फ पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

बैठकले हाल संघमा कायम भएको समीकरणलाई नै निरन्तरता दिँदै प्रदेशमा पनि पार्टी सरकारमा सहभागी हुने निर्णय भएको उनको भनाइ छ ।
यद्यपि सरकारमा सहभागी हुनका लागि पार्टीले न्यूनतम् साझा कार्यक्रम आउने बेलासम्म भने कुर्नेछ । केही दिनभित्रै सरकारको न्यूनतम् साझा कार्यक्रम आउने अपेक्षा गरिएको भन्दै पाठकले त्यसपछि सरकारमा गइने बताए ।

सरकारमा सहभागी हुने कि नहुने भन्नेमा पार्टीभित्र बहस हुँदै आएको थियो । सोही बारेमा बैठकमा लामो छलफल हुँदा अधिकांश नेताहरूले सरकारमा गएर आफ्नो एजेण्डा स्थापित गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिएका थिए ।

बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले सरकारमा सहभागी हुने निर्णय भएको बताउँदै त्यसअघि न्यूनतम् साझा कार्यक्रममा पार्टीले उठाएका विषयहरू पनि सम्बोधन हुनुपर्ने आफूहरूको धारणा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार