३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

मौसम : आज सफा रहने,भोलि रातिदेखि पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको अनुमान

काठमाण्डौ ।
देशका धेरै ठाउँको मौसम आज सामान्यतया सफा नै रहने अनुमान गरिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आज सबैजसो क्षेत्रमा घाम लाग्ने सम्भावना छ ।

तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने सम्भावना रहेको उहाँले बताउनुभयो ।
आज देशका धेरैजसो ठाउँको मौसम सफा रहे पनि भोलि रातिदेखि भने पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको अनुमान गरिएको छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने अनुमान रहेकाले भोलि रातिदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

यो प्रणालीको प्रभाव पर्सिसम्म नै पर्ने मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै,सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने उहाँले बताउनुभयो । यसपालिको हिउँदमा अहिलेसम्म पानी परेको छैन । यसले सुक्खापन बढाएको छ भने हिउँदो कृषि बालीमा पनि असर परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार