२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सुरु

आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ लाई बिदाइ गर्दै सन् २०२३ सुरु भएको छ ।

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो पनि भन्ने गरिन्छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झनामा उहाँको निधनपछि अनुयायीले यो सम्वत् प्रचलनमा ल्याएका हुन् ।

इस्वी सम्वत् नेपाली प्रचलनमा नभए पनि केही वर्ष अघिदेखि अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ । विशेष गरी युवापुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन् । विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा आव विशेष कार्यक्रमहरुको आयोजना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार