४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

निःशुल्क आँखा शिविर सम्पन्न

प्रिन्स मिश्रा
कपिलवस्तु
। कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । शिवराज नगरपालिका–१० को सहयोगमा सञ्चलित सो शिविरमा २५० जनाको आँखाको परीक्षण गराउँदा ८२ जनामा मोतियाबिन्दु फेला परेको वडा अध्यक्ष मंजू मिश्राले जानकारी दिनु भएको छ ।
मोतिया बिन्दुको समस्या देखिएका बिरामीको रण अम्बिका आँखा अस्पताल कृष्णनगरमा निःशुल्करुपमा शल्यक्रिया हुने बताइएको छ । शिविर शिवराज नगरपालिका वडा नं १० को सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन भएको लोसपाका केंद्रीय नेता रवि दत्त मिश्राले जानकारी दिनु भएको छ । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुगेको मिश्राको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार