गण्डकीका मुख्यमन्त्री अधिकारीले पुस २९ मा विश्वासको मत लिने

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते शुक्रवार विश्वासको मत लिनु हुने भएको छ ।

आज मङ्गलवार सत्ता गठबन्धनसँग छलफल गरेपछि मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिने संसद् सचिवालयलाई जानकारी गराउनुभएको छ ।प्रदेश सभाको बैठक पुस २९ गते दिउँसो १ बजेका लागि डाकिएको छ ।

सरकारका प्रवक्ता सीता सुन्दासका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी प्रदेश प्रमुख र संसद् सचिवालयमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार