४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली

काठमाण्डौ ।
आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, गण्डकी र प्रदेश एकका पहाडी क्षेत्रमा मौसम बदली भएको हो ।

अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको छ । यी क्षेत्रमा पनि दिउँसो घाम लागेसँगै हुस्सु र कुहिरो हट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हुस्सु र कुहिरो लागेका ठाउँमा जनजीवन प्रभावित हुँदै आएको छ ।

पहाडी क्षेत्रमा मौसम आंशिक बदली तथा तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको र बाँकी अरु ठाउँको मौसम आज सफा नै छ ।

तत्कालका लागि वर्षा र हिमपातको सम्भावना नदेखिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार