४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

आज यि चार वटा प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुने

काठमाण्डौ ।
आज चार वटा प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश एक, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । त्यस्तै तराई मधेसमा हुस्सु र कुहिरो छ ।

मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली नै छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

तराई÷मधेसको हुस्सु र कुहिरो पनि घाम लागेपछि बिस्तारै हट्नेछ । आज अरु ठाउँको मौसम सामान्यतया सफा नै छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार