२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

न्यून चापीय प्रणालीको सामान्य प्रभाव : मौसम बदली, वर्षा पनि हुने सम्भावना

आज पनि देशका अधिकांश भुभागमा मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।

आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमामा आंशिक बदली रहेको छ । तराईका केही भु भागमा हुस्सुरकुहिरो लागेको छ र बांकी भूभाग सामान्यतया मौषम सफा छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू(भागमा बिहीबार भने बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ । यो क्रम शुक्रबारसम्मै रहने महाशाखाले जनाएको छ ।

यसपटक हिउँद सुरु भएदेखि पानी पर्न सकेको छैन । आकाशे पानीको भरमा खेती गर्ने पहाडी र हिमाली क्षेत्रका किसानले वर्षा पर्खिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार