११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

बरिष्ठ पत्रकार त्रिभुवन पौडेलको विमान दुर्घटनामा निधन

कास्की ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतवार भएको विमान दुर्घटनामा परि निधन भएको छ । ६८ जना यात्रु लिएर काठमाण्डौबाट पोखरा आएको यति एअरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोँचमा दुर्घटनामा परेको थियो ।

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनबाट निर्वाचित भइ केन्द्रीय सदस्यमा विजयी हुनुभएका पौडेलले पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष, कास्की शाखामा उपाध्यक्ष र सचिवका रूपमा काम गर्नुभएको थियो । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका पौडेलले अन्नपूर्ण एफएम र नेपाल टेलिभिजनमा समेत काम गर्नुभएको थियो ।

उहाँ पोखरा हटलाइन दैनिक पत्रिकाको प्रकाशक र सम्पादक पौडेल प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँका श्रीमती र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार