२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, दिवसका कार्यक्रम स्थगित

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस । तर यसपालिको राष्ट्रिय भूकम्प सुरक्षा दिवसका कार्यक्रम स्थगित भएका छन् । हिजो पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा दिइएकाले भूकम्प सुरक्षा दिवसका कार्यक्रमहरु स्थगित गरिएको हो ।

वि.सं. १९९० माघ २ गते आजैका दिन दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको भएपनि सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्री लगायत आउने कार्यक्रम स्थगित गरिएको प्रचारप्रसार उपसमितिको सदस्य सचिव समेत रहेका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

आज स्थगित भएका कार्यक्रम एक हप्ताभित्र गरिने उहाँले बताउनुभयो । भूकम्पबाट सुरक्षित हुन जागरण फैलाउने उद्देश्यले प्रदर्शनीको समेत आयोजना गरिने जनाइएको छ । प्रदर्शनी भने भोलिदेखि गर्ने तयारी छ । भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी भएको थियो ।

२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भविष्यमा आउनसक्ने भूकम्पीय जोखिमका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार