२ माघ ।
आज देशका अधिकांस भुभागमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
तराईका भू भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी भू भागमा भने सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो र राति देशका उच्च पहाडी र हिमाली भू भागका केही स्थानमा हिमपातको सम्भावना पनि रहेको छ ।