२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

लुम्बिनीको उपसभामुखमा राप्रपाकी खाँण निर्विरोध

दाङ ।
लुम्बिनी प्रदेश सभाको उपसभामुख पदमा राप्रपाकी मेनुका खाँण निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारूढ दलबाट मनोनयन दर्ता गरेकाहरू नै सभामुख र उपसभामुख निर्वाचित भएका हुन् ।
आज मङ्गलवार दिउँसो बसेको प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एक एक जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।
यसअघि हिजो सोमवार सभामुखमा माओवादीका तुलाराम घर्ती निर्विरोध भैसक्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार