२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ ।
विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरु हुँदैछ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।

उनका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

महाधिवेशनको राजनीतिक दस्ताबेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेस गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशन पछि विवेकशील बहु पदीय प्रणालीमा जानेछ ।

शुक्रवारदेखि सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशन शनिवारसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार