काठमाडौं ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज देशभरका पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।तराईमा विहानीपख हुस्सु र कुहिरो लाग्ने हुनाले विहानको समयमा जनजीवन प्रभावित हुनेछ ।
आज प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भूभागमा मौसम बदली रहने र बाँकी भुभागमा मौसम सफा रहने विभागले जनाएको छ । सो प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोहीअनुसार माघ १९ गते बिहीबार सुदूरपश्चिम, कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ ।
सो राति प्रदेश १, मधेस, लुम्बिनी र गण्डकी प्रदेशमा पनि आंशिक बदली रहने छ ।
त्यस्तै,माघ २० गते शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रहने छ । उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहने छ ।
विभागका अनुसार विहानीको समयमा लाग्ने कुहिरोका कारण तराईमा चिसो बढ्ने र एक दुई स्थानमा हवाई यातायात समेत प्रभावित हुनेछ । चिसोबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।