२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

भारतको झारखण्डमा एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १५ जनाको ज्यान गयो

काठमाडौं ।
भारतको झारखण्ड राज्यको एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ।

स्थानीय प्रहरीका अनुसार आगो निभाउने र उद्धार कार्य जारी छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार धनवाद सहरस्थित आशीर्वाद अपार्टमेन्टमा आगो लागेको थियो। आगलागीमा परेर अहिलेसम्म ११ जना महिला, दुई बालबालिका र अर्का एक जना पुरूषको शव फेलापरेको छ।

धेरै मानिस आगो लागेको अपार्टमेन्टमा फसिरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार एउटा घरमा पूजा भइरहेको थियो। त्यसैबाट अपार्टमेन्टमा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्। तर त्यसको एकीन कारण र विवरणहरू प्रहरीले संकलन गरिरहेको जनाएको छ।

मंगलबार राति त्यो अपार्टमेन्टमा आगो सल्किएको थियो। लगत्तै उद्धारकर्मीहरू त्यहाँ पुगेका थिए।

दुर्घटनाको जानकारी दिँदै मुख्यमन्त्री हेमन्त सोरनले धनबादको आशिर्वाद टावर अपार्टमेन्टमा आगलागीमा परी ज्यान गुमाउनेको ज्यान निकै पीडादायी भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार