काठमाडौं ।
दुई दिनभित्र सत्ता साझेदार दलका नेताहरूले राजनीतिक इमानदारिता नदेखाए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने जस्तो अप्रिय निर्णय लिन सक्ने स्पष्ट गरेको छ ।
बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको आधारमा मात्रै दुई दिन पर्खिने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
गृह मन्त्रालय रास्वपाकै भएकाले सत्ता साझेदार दल इमानदार बन्नुपर्ने उनको भनाइ छ ।
‘शुक्रवार र शनिवारको समय छ, त्यो दिनसम्म कुरौँ न त भन्ने हो’, उनले भने, ‘उहाँहरूले राजनीतिक इमानदारिता देखाउनु भएन भने पार्टीले यसरी नै बैठक बसेर जे निर्णय पनि लिन सक्छ ।’