१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमालेका दसौदी विजयी

दाङ ।
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी हुनुभएको छ । सत्ता साझेदार दलको तर्फबाट साझा उम्मेदवार बनेका दसौदी ४ हजार २६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गर्नुभयो । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गर्नुभयो । प्रदेश सभातर्फ तीन मत बदर भएको छ ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रित्त रहेको पदको भएको उपचुनावमा ३ सय ५ जना मतदाता रहेकामा ३ सय ४ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार