२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

मौसम:आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने,यस्तो छ आगामी तिन दिनको मौसम

काठमाडौं ।
देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा अपरान्हतिर हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको पहाडी भूभागमा आंशिक बदली कायमै रहने र बाँकी भूभागमा मौसम सफा रहनेछ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ ।
उच्च पहाडी भूभागका केही ठाउँमा हल्का हिमपात हुनेछ । त्यस्तै, आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने र एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

सोहीअनुसार भोलि फागुन १ गते सोमबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने छ ।
राति पनि पहाडी भूभागमा सामान्य बदली रही बाँकी भुभागमा मौसम सफा रहने विभागले जनाएको छ । यसैबीच, फागुन २ गते मंगलबार पनि प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने छ । राति उच्च पहाडी भूभागका केही ठाउँमा हल्का हिमपात हुनेछ ।

देशका पहाडी भूभागमा सामान्य बदलीसँग तराईमा विहानीको समयमा हुस्सु र कुहिरो कायमै रहने हुनाले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार