बसन्त श्रेष्ठ छापेली
अर्घाखाँची ।
डिभर्ना अर्घाखाँची रुपन्देही सम्पर्क समाजको आयोजनामा झेडी आधारभूत स्वास्थ्य केन्द्रमा एक दिने महिला तथा स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कार्यक्रमको सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । लायन्स क्लब अफ बुटवल सिटीको समेत संयोजन रहेको कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले निशुल्क शिविरबाट बिभिन्न खालका जटिल तथा प्राण घातक रोग लाग्नबाट बच्न सकिने बताउनुभयो । उहाँले सम्पर्क समाजले सामाजिक दायित्व बहन गरी आफ्नो जन्मभुमीमा रहेका महिलाहरुको समस्यालाई निराकरणमा महत्वपूर्ण टेवा पुगेको बताउनुभयो ।
सन्धिखर्क नगर उप प्रमुख मिश्रा आचार्यले महिलाहरुमा यौन तथा प्रजनन समस्या व्यक्त गर्न नसक्दा जटिल समस्या पैदा हुने गरेको स्मरण गराउदै गाउ टोलमै सेवा दिदा स्थानीयलाई राहत मिलेको बताउनुभयो । आचार्यले महिलाहरुको समस्यालाई लुकाएर राख्न नहुनेमा समेत जोड दिनुभयो ।
शिबिरको उद्घाटन शत्रमा सन्धिखर्क ११ र १२ का वडाअध्यक्ष चेतनारायण आचार्य, नारायण खड्का, समाजका अध्यक्ष मित्रहरी आचार्य, शिविर कार्यक्रम संयोजक नारायण बहादुर बस्याल, सल्लाहकार देबी कुमार श्रेष्ठ, उपाध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, कोषाध्यक्ष राजकुमार श्रेष्ठ, सह सचिव बुद्धि कुँवर, फार्मेशी संयोजक बिष्णु आचार्य, लायन्स क्लब अफ बुटवल सिटीका बिनोद आचार्य, आर्दश खनाल, सदस्यहरु दामोदर श्रेष्ठ, जनक कुँवर, दिपक श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
डिभर्ना अर्घाखाँची रुपन्देही सम्पर्क समाजले बार्षिक रुपमा स्वास्थ्य शिविर लगायतका बिभिन्न सामाजिक कार्य गर्दै आएको छ । डिभर्नाबाट रुपन्देहीमा हाल बसोबास गर्दै आएकाहरुको यस समाजले रुपन्देहीमा एम्बुलेन्स सेवा समेत सञ्चालन गर्दै आएको छ । जसमा डिभर्नाबाट सेवा लिन जानेलाई १० प्रतिशत छुट र असहायलाई ५ हजार सम्म आर्थिक सहयोग गरिदै आएको समाजका अध्यक्ष मित्रहरी आचार्यले जानकारी दिनुभयो । शिविरमा सन्धिखर्क नगरपालिका १२, ११ र १ का गरी झण्डै एक हजार जनाले स्वास्थ्य सेवा लिएका छन ।
ड्रासको आयोजनामा सनपा १२ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
तपाईको प्रतिक्रिया