२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

ममता र मातृत्व

गंगा ज्ञवाली / कीर्तिपुर काठमाडौं
म भित्रको अवयव तिमी
मेरै अंश मेरै वंश
तर
तिमी बुझ्ने कहिले हुन्छौं
तिमी सम्झने कहिले बन्छौं
म र तिमी बीचको अस्तित्व
तिमी कसरी मानसपटलमा राख्छौं

तिमी त मेरो अवयव पो
तिमी त मेरै वंश पो

जान्न मन् लाग्छ कहिले काही
आफैले सम्झन मन् लाग्छ
तिमी कहाँ छौ कुन यादमा ?
तिमी के छौं कुन अस्तित्वमा ?

बहिरहेको रगत मेरो
अनि फेरिरहेको श्वास मेरो

तर
तिमी आफ्नो अस्तित्व र अधिकार खोज्छौं
तिमी आफूभित्र आफैं हराउँछौं
अनि भन्छौ मलाई चाइन्छ मेरो चाहना
म आफ्नै स्वतन्त्रता पूर्ण बाँच्न चाहन्छु

म भित्र बल्झिएको तिमी
म भित्र हुर्किएको तिमी

तर
आशा भरोसा लाग्दो रहेछ
चाहना ईच्छा जाग्दो रहेछ
तिमी मेरो सन्तान
म तिम्रो जन्मदाता

तिमी विजयी र सत्यतामा अगाडि बढ्नु
उत्कृष्ट विचार र साधारण रूपमा जिउनु
नाम दाम कमाउनु ईज्यत प्रतिष्ठा बढाउनु
म हार्न चाहन्छु तिमी सधैं जित्नु।।।

ममताको जाल फिजाइरहेकी
आफू संग आफैं हराइँ रहेकी
आफ्नो अस्तित्व बचाउन चाहेकी
हों म हुँ तिम्री आमा ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार