३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

चिदिका–रुपन्देही सम्पर्क समाज रुपन्देहीले वृद्ध बुबाआमाको सम्मानमा शान्त भोज

बुटवल, ११ चैत ।

चिदिका–रुपन्देही सम्पर्क समाज रुपन्देहीले वृद्ध बुबाआमाको सम्मानमा शान्त भोज कार्यक्रम गरेको छ ।

समाजले सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाश्रम पाकापुस्तामा रहेका जेष्ठ नागरिकलाई शान्तभोजन गराएको हो । त्यस अवसरमा बोल्दै समाजका अध्यक्ष केशवराज पन्थीले वृद्ध बुबाआमाको सम्मानले मात्रै उहाँहरुले समाजका लागि पु¥याएको योगदानको कदर हुने भन्दै समाजले यस्ता रचनात्मक कार्यक्रम आगामी दिनहरुमा पनि गर्दै जाने बताए ।सद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाश्रम पाकापुस्ताका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले चिदिका–रुपन्देही सम्पर्क समाजले गरेको अनुकरणीय कार्यबाट अरुले पनि सिक्नुपर्ने बताए ।

त्यस अवसरमा पुर्व वडाअध्यक्ष रमेश नेपाल, समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, निवर्तमान अध्यक्ष इश्वरी ज्ञवाली, सचिव जिवनाथ अर्याल, गीता ज्ञवालीलगायतले वृद्धवृद्धाको सम्मान अहिलेको युवा पींढिले गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार