आलुको बोक्रा फाल्नुहुन्छ ? पहिला जान्नुहोस फाल्ने कि नफाल्ने ?

आलुविना कुनै पनि तरकारी अपुरो मानिन्छ। धेरैले आलु मन पराएपनी बोक्रा फाल्ने गरेका हुन्छन । तर धेरैलाइ यो पनि थाहा छैन कि आलुको बोक्रामा धेरै रोगसँग लड्न सक्ने क्षमता र भिटामिन पाइन्छ भनेर ।

आलुको बोक्रा फ्याँक्नु उचित होइन। आलुको बोक्रालाई पोषक तत्वको खजाना मानिन्छ । यसमा पोटासियम प्रशस्त मात्रामा पाइन्छ भने आइरन पनि प्रशस्त मात्रामा पाइन्छ । यसबाहेक आलुको बोक्रामा भिटामिन बी प्रशस्त मात्रामा हुन्छ।

के का लागि उपयोगी छ त आलु ?

मुटुको स्वास्थ्यका लागि : आलुको बोक्राले तपाईको मुटुलाई स्वस्थ राख्न सक्छ किनभने यसमा पाइने पोटासियम, म्याग्नेसियम र क्याल्सियमको सहयोगले रक्तचाप नियन्त्रण हुन्छ।

क्यान्सरबाट जोगाउँछ: आलुको बोक्रामा फाइटो केमिकल्स प्रशस्त मात्रामा पाइन्छ, जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हो। यसका साथै यी बोक्रामा क्लोरोजेनिक एसिड पाइन्छ, जसले क्यान्सरको जोखिमलाई धेरै हदसम्म कम गर्छ।

हड्डी बलियो बनाउँछ:हामीले भनेका छौं कि आलुको बोक्रामा क्याल्सियम जस्ता धेरै महत्त्वपूर्ण खनिजहरू हुन्छन्, त्यसैले यसले स्वाभाविक रूपमा हड्डीलाई बलियो बनाउन काम गर्छ। यसको कारण यो हो कि यसले हड्डीको घनत्व बढाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार