४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

सुखमा मान्छेले फर्केर हेर्छन्, दुखमा हेरेर फर्कन्छन्

हिम लेकाली ,काठमाण्डाै
——————————–
जिउँदै छाै ,जिउँदो पनामा जीवन पनि छ तर समाजमा मूल्यबाेध छैन ,मूल्यहिन भएर बाँचिरहेछाै हामी । दाल ,भात , डुकु, खाना, नाना र छाना जुटाउनमै हाम्राे जीवन बितेकाे छ ।आदर्श सपना र अब्यबहारिक दर्शन हामिले धेरै सुन्याैं । जीवनका लागि परिवर्तन खाेजेका हाै हामिले तर ती अक्षर र आवाजमा मात्र सिमित भए ।
गरिविता भाेक राेग नै हाम्राे मुल दुश्मन बन्याे ,त्यहि गरिविताकाे कारण काम माम नपाएर आज खाडि मुलुकमा जान बिवस छन् युवाहरू ,राम्ररि एक पेट खान र राेग लाग्दा उपचार नपाएर मर्न विवस छन् गरिव दुुखि नेपालीहरू । शिक्षा स्वास्थ्य , लगाएतका धेरै चिज उनिहरूबाट टाढा छन् । देश यस्ताे हुनुकाे कारण यस्का मूल दाेषि अरू काे हुन् दिनकाे घाम जस्तै छ बताउनु पर्दैन भन्ने लाग्दछ ।

एउटा नेता विरामि पर्दा लाखाैं खर्च गरेर विदेश पुग्छन् उनी बिरामि पर्दा फलफुल बाकेर उनकाे दैलाेमा पुग्छाै हामि , सामाजिक सन्जालमा स्वास्थ्य लाभकाे कामना गर्दछाै । दुख पर्दा कार्यकर्ताले काँध थाप्दछाै ,चुनाब जिताउँछाै ,आफ्नै मान्छे संग दुश्मनि साच्छाै , बर्गिय मुक्तिकाे लागि भन्दै के बाँकि राख्याै हामिले जीवन पनि उत्सर्ग गरेका दर्जनाै ईतिहाँसहरू साक्षी छन् हाम्रा सामु ।
यसरी माया र सम्मान दिएका छाै , नेताहरूलाई हामी जस्ताे बा आमा लाई दिइन्छ ।

तर उनिहरूबाट हामी सर्वसाधारण दुखिले के पाउँछाै र के पायाै , दुख पर्दा फाेन गर्दा फाेन सम्म उठ्दैन , नेताका प्रिय पात्र मार्फत पुग्नु पर्छ नेता कहाँ हामी । तिताे सत्य यहि हाेईनर ? मनलाई साेध्नुहाेस् । अहिले पनि द्वन्द्व पिडित घाईते अपाङ्ग ,सहिद परिबारकाे स्थिति द्रदनात्मक छन् । राताे दिन आसु पियर बाँच्न बिबस छन् उनिहरू, कहि कतै सम्बाेधन भएको सुन्नुभा छ ,देख्नु भा छ ?

एउटा गरिव कार्यकर्ता दुखमा पर्दा या विरामि हुँदा उस्काे खाेजीनिति सम्म हुन्न यहाँ,सहयाेगकाे कुरा त परै छाेडाैं । मरिहाले हतार हतार गरेर पार्टीको झण्डा लगेर अाेडाईन्छ ,बाँचुन्जेल दुख कस्ट र अभावै अभावमा बाँचेकाे मान्छे मर्ने बेला एउटा झण्डा पाउँछ कति सान्दर्भिक ? कति असान्दर्भिक बिष्लेषकहरू नै जान्लान् । यसरी मर्ने बेला पनि उ स्वतन्त्र भएर मर्न पाउन्न ।

दुखकाे बेलामा चाहिने हाेईन र ? पार्टी ,संस्था , संगठन ,घर परिवार समाज । दुखकाे बेला साथ सहयाेग नगर्नेहरू कसरी कमरेड हुन सक्छन् , बर्षाै देखिकाे श्रमकाे हिसाब माग्दा उल्टै ढाट छल गर्ने र आल टाल गर्ने कसरी श्रमजीवीका नेता हुन सक्छन् । अरू मार्फत सन्चाे बिसन्चाे साेध्नेहरू र घरै अगाडि बाट दिनहूँ बाटाे काटेर हिड्नेहरू आफ्ना र आफन्त कसरी हुन सक्छन् ?

साथीभाइ र ईष्टमित्र कति धेरै बनाईयाे भन्ने कुरा ठूलाे हाईन ठुलाे कुरा त आफुलाई अफ्ठाराेमा पर्दा कतिले आफ्नाे जस्ताे ब्यबहार गरे भन्ने हाे ।

यसरी आज हामी र हाम्राे समाज अधाेगति तिर गैरहेकाे छ , हामिले मानव मूल्य मान्यता बिर्सेका छाै ,ईमान जमान गुमाएका छाैं ।
मानवता शून्य , विवेकहिन बनेर केवल स्वार्थका लागि काम गर्नेहरू बाट के हाम्राे घर समाज, जीवन ,जगत ,देश बदल्ने अपेक्षा गर्न सकिन्छ ? यी भनाईहरू कुनै पार्टी या ब्यक्ति विशेष लाई नभएर सबैकाे प्रविती र संस्कार प्रति लक्षीत छन् ।
आज ई र यस्तै धेरैका प्रश्नहरू छन् दुखेसाहरू छन् हजाराै कार्यकर्ताका , म त एउटा प्रतिनिधिपात्र मात्र हुँ ।
याे लेखाईमा मेराे बिल्कुल कुनै स्वार्थ छैन न पूर्वाग्रह गुनासाे या कुन‌ै माग नै ।

बार बार फाेन गरि स्वास्थ्य स्थिति बारे जानकारि लिनु हुने । काठमाडौ आएर पनि भेटि जाने संगिहरू प्रति साधुवाद । उपचारकाे शिलशिलामा कतिपय अभिभावक मित्रहरूकाे फाेन उठाउन सकिन क्षेमा प्रार्थि छु ।
चैत्र २९ ,२०७९
( हाल ह्याम्स अस्पतालका डा .राजु पगेनीकाे निरन्तर निगरानिमा टाेखा आफ्नै निवास बाट उपचाररत छु , उपचार अबधि २ महिना बित्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार