२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

राष्ट्रपति पौडेललाई थप उपचारका लागि आज भारत लगिँदै

काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेललाई आज थप उपचारका लागि भारत लगिँदैछ।

छातीमा संक्रमण भएपछि बिरामी परेका राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत् बुधवार भारत लैजान लागिएको उहाँका निजी सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए।

उनका अनुसार राष्ट्रपति पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स) मा लगिनेछ। उनका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जाने अधिकारीले बताउनुभयो। राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो।

गत साता उहाँ त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए। सोमबार ‘फलोअप’का लागि गएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो।

मंगलबार फेरि असहज भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनी अहिले अस्पतालमै छन्। उनको स्वास्थ्य सामान्य रहेको निजी सचिव अधिकारीले बताए।

अस्पतालका चिकित्सकको सल्लाहमै राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजान लागिएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार