११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

अर्घाखाँचीको पाणिनि-५, मैदानमा वृहत् लोक-भजन प्रतियोगिता सम्पन्न

कमला घिमिरे / अर्घाखाँची

बैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीको आयोजनामा पाणिनि -५मैदानमा वृहत् लोकभजन प्रतियोगिता सम्पन्न भएको छ। लोक संस्कृतिको संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

पणिनि गाउँपालिका स्तरीय लोक भजन प्रतियोगितामा सहभागि हुनकालागि गाउँपालिका भित्रका विभिन्न भजन समूहहरूको उपस्थिति रहेको थियो । गाउँपालिका भित्रका जम्मा ६ वटा समूहहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम निकै रोचक र नौलो प्रकृतिको रहेको दर्शकहरूले बताएका छन् ।

आज सम्पन्न लोकभजन प्रतियोगितामा प्रथम पाणिनी-४ को भजन समूह, द्वितीय स्थान पाणिनी-७ को भजन समूह, तृतीय स्थान पाणिनी-४ धातिवाङ्गको समूह र सान्त्वना स्थान पाणिनी-५ को झुमादेवी भजन समूहले प्राप्त गरेको थियो। प्रतियोगितामा प्रथम,द्वितीय, तृतीय एवं सान्त्वना स्थान प्राप्त गर्ने भजन समूहहरुलाइ क्रमशः १०,०००/- ७,०००/- ५,०००/- ३,०००/- र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

दर्शकहरूको बाक्लो उपस्थितिमा निकै रोचक र भव्य ढंगले उक्त कार्यक्रम सम्पन्न भएको छ। बैदिक सनातन धर्म सेवा समाजको आयोजनामा यसप्रकारका विविध कार्यक्रमहरु समय समयमा आयोजना हुने गरेको र यस्ता कार्यक्रमहरूको मुख्य उद्देश्य संस्कृति र परम्परालाई जगेर्ना गर्दै समयसापेक्ष रुपमा अगाडि लैजानु मै केन्द्रित रहेको संस्थाका उपाध्यक्ष एवं संयोजक अनन्तप्रसाद घिमिरेले बताएका छन्।

स्वस्ति वाचनसहित प्रारम्भ गरिएको कार्यक्रमको उद्घाटन पाणिनि गाउँपालिकाका अध्यक्ष एकराज न्यौपानेको प्रमुख आतिथ्य एवं बैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीका अध्यक्ष चन्द्रमणी घिमिरेको सभापतित्वमा तथा उपाध्यक्ष अनन्तप्रसाद घिमिरेको सन्चालनमा सम्पन्न भएको थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार