२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

नेकपा एमालेका सचिव रायमाझी र उहाँका छोरा सन्दीप विरुद्ध पक्राउ पुर्जी

काठमाण्डाै – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएको भन्दै प्रहरीले रायमाझीका बाबुछोरालाई पक्राउ पुर्जी जारी गरेको हो । यस्तै एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

यसै घटनामा नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले आजै पक्राउ गरेको छ । पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई अस्ति सोमवार समातिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार