१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

पश्चिम नवलपरासीबाट ५३ जनाले त्यागे नेपाली नागरिकता

पश्चिम नवलपरासीमा ५३ जना नेपालीले नागरिकता त्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा २०७८ सालमा रोजगारी, अध्ययन तथा विदेशी नागरिकसँग बिहे गरेर गएका नेपालीले नागरिकता त्याग गरेका हुन् ।
५३ जनामध्ये सबै भन्दा बढी हङकङको नागरिकता प्राप्त गर्न १९ जनाले नेपाली नागरिकता त्यागका लागि निवेदन दिएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताए ।
हङकङपछि बेलायत, भारतका , अमेरिकाका, जर्मनी, बेलायत र कोरिया जानका लागि निवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काम, अध्ययन तथा विवाह गरेर विदेशको नागरिकता लिने चाहना भएका नेपालीले नागरिकता त्याग गर्दै आएका छन् ।

दुई देशको नागरिकता लिन नपाइने भएपछि बाह्य मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्याग्नेहर को संख्या वृद्धि भएको छ । नेपालको संविधानमा कुनै पनि नेपालीले नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम र सोही ऐनको अनुसूची ९ अनुसार दूतावास, गृह मन्त्रालय र जिल्ला प्रशासनमा निवेदन दिन सक्ने व्यवस्था रहेको छ।

ृपश्चिम नवलपरासीमा ५३ जना नेपालीले नागरिकता त्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार अध्ययन २०७८ सालमा रोजगारी तथा विदेशी नागरिकसँग बिहे गरेर गएका नेपालीले नागरिकता त्याग गरेका हुन् ।
५३ जनामध्ये सबै भन्दा बढी हङकङको नागरिकता प्राप्त गर्न १९ जनाले नेपाली नागरिकता त्यागका लागि निवेदन दिएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताए ।
हङकङपछि बेलायत, भारतका , अमेरिकाका, जर्मनी, बेलायत र कोरिया जानका लागि निवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काम, अध्ययन तथा विवाह गरेर विदेशको नागरिकता लिने चाहना भएका नेपालीले नागरिकता त्याग गर्दै आएका छन् ।

दुई देशको नागरिकता लिन नपाइने भएपछि बाह्य मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्याग्नेहर को संख्या वृद्धि भएको छ । नेपालको संविधानमा कुनै पनि नेपालीले नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम र सोही ऐनको अनुसूची ९ अनुसार दूतावास, गृह मन्त्रालय र जिल्ला प्रशासनमा निवेदन दिन सक्ने व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार