३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

को हुन पक्राउ परेका टोप बहादुर ?

दाङ ।
अवैध मार्गबाट नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा घोराहीका टोपबहादुर जिसी पक्राउ परेका छन् । अमेरिका पठाइदिने भन्दै एक वर्षअघि ८ लाख रूपैयाँ लिएर ठगी गरेको उजुरी परेपछि दाङ प्रहरीले आज घोराहीको भिंग्रेली रिसोर्टबाट उनलाई पक्राउ गरेको हो ।

जिसी बहिनीको बिहेमा सहभागी हुन एउटा रिसोर्ट पुगेका थिए । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कायालयको हिरासतमा राखिएको छ ।

जिसीविरुद्ध जिप्रका दाङको ठगी र मानव बेचबिखन व्युरोमा जाहेरी परेको छ । घटनाबारे थप अनुसन्धान गर्न दाङ प्रहरीले मानव बेचबिखन ब्युरोसँग समन्वय गर्ने एसपी वीरबहादुर वलीले बताएका छन् ।

काठमाडौं जिल्ला अदालतले २०७७ पुस १९ गते जिसीविरुद्ध २ वर्ष कैद र १२ लाख जरिवानाको फैसला सुनाएको थियो । त्यसपश्चात पक्राउ परे पनि छुटेका थिए । अदालतबाट कैद सजाय भएर पनि प्रहरीबाट उन्मुक्ति पाएका उनले पछि फेरि अमेरिका पठाउने धन्दा चलाएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार