४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

एजेन्सी ।
दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाउँको सडकखण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको हो।

उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या पुष्टि गर्दै जिङ्सी नगरपालिका सरकारले जारी गरेको विज्ञप्तिमा तीन व्यक्ति भने भाग्न सफल भएको बताएको छ।

अहिले उद्धार कार्य जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार