१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

प्युठानमा भएको जीप दुर्घटनामा आठ जनाको मृत्यु

प्युठान
प्युठानमा भएको जीप दुर्घटनामा परेका आठ जनाकै ज्यान गएको छ । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री सवार लु १ च ६३४५ नम्बरको जीप भिङ्ग्रीको भ्यागुतेमा दुर्घटनामा परेको हो।

दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जनाकै ज्यान गएको हो ।

ज्यान गुमाउनेमा जीप चालक दाङको लमही नगरपालिका–५ का ताराबहादुर कुमाल, तुलसीपुर–१५ की ३५ वर्षीया सरीता शर्मा पोखरेल, उहाँका १४ वर्षीय छोरा विशाल पोखरेल र ९ वर्षीय छोरा विकास पोखरेल, लमही–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीया राधा नेपाली र उहाँका ९ वर्षीय छोरा आदित्य शाहको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये एक जनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार