माधव बेल्वासे / अर्घाखाँची ।
जिल्लाको पाणिनी गाउँपालिका का दुई फरक फरक स्थानमा एकै दिन दन्त शिविर संचालन भएका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७९ / ८० को स्विकृत कार्यक्रम अन्तरत आज दन्त शिविर संचालन भएको हो ।
पाणीनी गाउँपालिकाको वडा न. ७ चिवेकमा रहेको पाणिनी बहुप्राविधिक शिक्षालय र पाणिनी गाउँपालिकाको वडा न. ४ पटौटीको देउराली माबिमा सम्पन्न शिविरबाट दात तथा मुख सम्वन्धि समस्या भएका बिरामिहरुले स्वास्थ्य लाभ लिएका छन् ।
आज बिहान कार्यक्रमको उद्यघाटन गदै गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले नागरिकको स्वास्थ्य प्रति जिम्वेवार बन्दै पालिकाले यस्ता कार्यक्रमहरु थप गर्दै लैजाने प्रतिवद्धता ब्याक्त गर्दै यथेष्ट लाभ लिन आग्रह गर्नुभएको हो । यस्तै उपाध्यक्ष नर्मदा पौडेलले यो शिविरबाट नागरिकका थोरै भएपनि स्वास्थ आनिबानि र ब्यावहारमा परिवर्तन हुने आशा ब्यात्त गर्नुभएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले मुख मानिसको सौन्दर्यताको प्रतिक पनि भएकाले यसको स्वस्थतामा जिम्वेवार बन्दै गाउँपालकाको विनियोजित बजेटबाट संचालित कार्यक्रमबाट धेरे भन्दा धेरै नागरिकले सुविधा लिने विश्वास ब्यात्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । शाखाका सह संयोजक राम प्रसाद घिमिरेले संचालन गर्नुभएको कार्यक्रमको सहजिकरण तथा विरामि जाच र उपचारका लागि आधुनिक समाज डेन्टल बुटवलले प्रवन्ध मिलाएको थियो ।
कार्यक्रममा पाणिनी बहुप्राविधिक शिक्षालयका प्रमुख मणि गैरे लगायत स्थानियहरुको समेत उपस्थिति रहेको थियो ।