लियो वर्षको उपलक्ष्यमा धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई

काठमाडौं। लियो हरुको नयाँ वर्ष २०२३/२४ ,नयाँ लायन वर्ष को शुभअवसरमा काठमाडौंको कोटेश्वरमा रहेको महादेवस्थान मन्दिरमा सरसफाई कार्यक्रम गरिएको छ।

लियो जिल्ला परिषद ३२५ यम नेपाल अन्तर्गत पर्ने काठमाडौँ ,पोखरा , मकवानपुर ,दुलेगौंडा क्षेत्रमा पर्ने क्लब हरु द्वारा मन्दिर , पर्यटक स्थल सरसफाई गरी आफ्नो नयाँ वर्ष मनाएका छन् ।

उक्त कार्यक्रममा काठमाडौँ क्षेत्रमा लियो जिल्ला परिषद ३२५ यम नेपाल का जिल्ला अध्यक्ष लियो आश्विन खतिवडा , जिल्ला सचिव लियो प्रलाद आचार्य , जिल्ला कोषाध्यक्ष लियो राजन भुसाल, GLT डिष्ट्रिक्ट सँयोजक लियो निश्चल हमाल, GMT डिष्ट्रिक्ट सँयोजक लियो प्रवेश कुमार कार्की, क्षेत्रीय सँयोजक तथा विभिन्न क्लबका अध्यक्ष साथै सदस्यहरुको उपस्थिति रहेकाे थियो।

त्यसै गरी पोखरा क्षेत्रमा जिल्ला उपाध्यक्ष लियो प्रेम राज तिवारी, जिल्ला सह कोषाध्यक्ष लियो रमेश पाण्डे , प्रमुख क्षत्रिय सँयोजक सन्तोष बराल साथै विभिन्न क्लबका अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेकाे थियो।

अन्य क्षेत्रमा जिल्लाका विभिन्न पद ग्रहण गरेका व्यक्तिहरु र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार