२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा ठूलो बर्षा, बाढी पहिरोको जोखिम

काठमाण्डौ ।
स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपासका क्षेत्रमा अति ठूलो पानी परेको छ ।

यी ठाउँका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले यी क्षेत्रमा दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तै, तिनाउ नदीमा बाढी आएको छ । नदी बाढीमापन केन्द्र बुटवलमा जलसतहले खतराको तह पार गरेको छ । तिनाउ नदीमा अझै पानीको सतह बढिरहेको छ ।

तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा ठाउँका बासिन्दालाई बिहान ९ बजेसम्म सुरक्षित ठाउँमा जान अनुरोध गरिएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशमा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार