नारायणगढ–मुग्लिन सडक बिहानैदेखि अवरूद्ध

चितवन ।
लगातार वर्षा भएका कारण सडक आडको पहाडी थुम्काबाट लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक मंगलबार बिहानैदेखि अवरूद्ध छ ।
पहिरो सफा गरेर बाटो खुलाउन कम्तिमा तीन घन्टा लाग्ने भरतपुरमा रहेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीले नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आज बिहान सवा पाँच बजेतिर लेदोसहितको पहिरो खसेको जानकारी दिए । अन्यत्र पनि स–साना पहिरोहरू गएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

नारायणगढ मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्व र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो ।
यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी मालबाहक ट्रक, यात्रु बस र साना ठूला अन्य निजी गााडी ओहरदोहर गर्दछन् । तर बर्खा लागेसँगै पहिरो खसेर लामो समय बाटो अवरूद्ध हुने समस्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार