२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

अर्घाखाँची : प्रथम जिल्ला मिडिया सम्मेलन पाणिनीमा हुने

माधव पौडेल /अर्घाखाँची ।
पाणिनी गाउपालिकामा प्रथम जिल्ला मिडिया सम्मेल हुने भएको छ।

अर्घाखाँचीको पाणिनी गाउपालिकामा पाणिनी पत्रकार समाज नेपालको आयोजनामा यहि असोज १९ र २० गते जिल्ला मै पहिलोपटक मिडिया सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा अर्घाखाँची जिल्लाका मिडिया तथा सकृय पत्रकारहरुको उपस्थिती रहने पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानिले जानकारी दिए । प्युठानिका अनुसार कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको छ ।

जिल्लाको समग्र बिकास र पर्यटन प्रवर्द्धनमा ग्रामीण पत्रकारिताको भुमिका सम्मेलनको मुख्य बिषय रहने आयोजक संस्थाका सल्लाहकार बिजय पोखरेलले जानकारी दिए ।

कार्यक्रममा पाणिनि गाउँपालिकाको पाणिनी तपोभुमिमा पुगि घोषणापत्र जारी गरि सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार