प्रकाश प्युठानी/अर्घाखाँची
स्थानीय तहमा कार्यरत कर्मचारीहरुले ७ दिन देखि गरिरहेको काठमांडौँ केन्द्रित आन्दोलनले स्थानीय तहका कामकाजहरुमा असर पर्न थालेको छ । कर्मचारिहरुले विभिन्न मागहरु राखेर शुरु गरेको आन्दोलन काम ठप्प पार्ने गरि गर्ने बताएका छन् । यसले सेवाग्राहिहरुहरुलाई समस्यामा पारेको गुनासो सुनिन पनि थालेको ।
यसैविच अर्घाखाची जिल्लाको पाणिनी गाउँपालिकामा कार्यरत कर्मचारिहरुले पनि भोलि असोज २१ गतेबाट पेन डाउन गरि अत्यावस्यक बाहेकका काम ठप्प पार्ने जनाएका छन् । आज कर्मचारिहरुले एक विज्ञप्ती जारि गर्दै भोलि देखि अत्यावस्यक बाहेकका सबै काम ठप्प पार्ने जनाएका हुन । यसबाट सेवाग्राहिहरुमा प्रत्यक्ष असर पर्ने निश्चित भएको छ । यस तर्फ सम्वन्धित निकायको समयमै ध्यान जानुपर्ने देखिन्छ ।
यस्तै गाउँपालिकाले पनि कर्मचारिको आन्दोलनका कारण सेवाप्रवाहमा असर पर्ने भन्दै काममा फर्काउने वातारण मिलाउन वार्तामार्फत समस्या समाधान गर्न मन्त्रालयलाई सहजिकरणका लागि अनुरोध गरेको छ ।
भोलिदेखि स्थानिय तहका कर्मचारिले पेन डाउन गर्ने
अत्यावस्यक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी

तपाईको प्रतिक्रिया