अर्घाखाँची, ५ कात्तिक ।
अर्घाखाँची जिल्लाको चर्चित ऐतिहासिक महत्व बोकेको धार्मिक पर्यटनको समेत सम्भावना रहेको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा रहेको आलमदेवी मन्दिरमा यस वर्षको पुर्णिमा मेला कात्तिक ११ गते लाग्ने भएको छ ।
प्रत्येक वर्ष कोजाग्रत पुर्णिामाको दिन लाग्ने मेलामा लोकप्रिय सराय नाँच तथा विविध पुजा अर्चना हुने गरेको छ । पाणिनी लगायत छिमेकि जिल्लाबाट समेत यस पावन भुमिमा हजारौँ भक्तजनहरुको उपस्थिती रहने गरेको पाईन्छ ।
पुर्णिमा मेलाको दिन राति चन्द्र ग्रहण र सुतक लाग्ने भएकोले मेला, पुजा, सराय नाचँ बेलुका ४ बजेसम्ममा सम्पन्न गर्ने गरि तयारि गरिएको पण्डित तथा मन्दिर व्यवस्थापन समितीका अध्यक्ष चन्द्रमणि घिमिरेले बताउनुभएको छ ।