३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

पाल्पा ।
पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ज्यान गुमाउनेको पहिचान हुन बाँकी छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

पर्यटकीय स्थल रानीमहल नजिकै बैकुण्ठे भीरबाट जीप खोलामा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्न ठूलो भीर र पहाड भएकाले उद्धारमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार