१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

पाणिनीको ६ न. वडाले यसवर्ष पनि जेष्ठ नागरिकलाई तिर्थयात्रा गराउने (सुचना सहित)

माधव बेल्वासे / अर्घाखाँची ।
जिल्लाको पाणिनी गाउँपालिका वडा न. ६ धातिवाङ्गका जेष्ठ नागरिकलाई वडा कार्यालयले यश वर्ष पनि धार्मिक भ्रमण गराउने भएको छ ।
आउदो मंसिर २५ गते बालाचतुर्दशीकाे दिन धातिवाङ्ग वडा कार्यालयले प्युठान जिल्लामा रहेको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीको २ दिने तिर्थयात्रा गराउँने भएको हो । वडा भरीका ६८ वर्ष माथिका जान सक्ने इच्छुक ज्येष्ठ नागरिकलाई भ्रमण गराईने बताइएको छ ।
वडा कार्यालयले आज एक सुचना जारी गर्दै सो जानकारी गराएको छ ।
वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले इच्छुक जेष्ठ नागरिकले आवेदन दिन अनुरोध गर्नुभएको छ । उक्त वडाले गत वर्ष पनि सोही समुहका नागरिकलाई तिर्थयात्राका लागि गुल्मिको प्रसिद्ध रिडिमा लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार