२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

चर्चित सुपादेउराली मन्दिरमा भेटीबाट उठेको १ लाख ५१ हजार रकम भुकम्प पिडितलाई सहयोग गर्ने

अर्घाखाँची
जिल्लाको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेकाे मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताउनुभयो ।

मन्दिर संचालक समितिका अध्यक्ष फर्शबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले जिल्ला दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

२०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियोे । पछिल्लो समय सुपा देउराली मन्दिर देशकै प्रमुख धार्मिक तीर्थस्थलको रुपमा विकास भएको छ । मन्दिरले शिक्षा क्षेत्रमा ठूलो रकम खर्च गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार