४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

रवि प्रतिको आशा कि अरु प्रतिको निराशा ?

पछिल्लो समय निकै चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पाटिका सभापति रवि लामिछाने देश तथा विदेशमा रहेका आम नेपाली युवाहरुको रोजाईमा परेको अनुभुति गर्न सकिन्छ भनेर ब्याख्या गर्ने प्रशस्तै छन । त्यसको पछिल्लो उदाहरणको रुपमा अर्घाखाँचीमा रास्वपाले आयोजना गरेको खुल्ला सभालार्ई लिन सकिन्छ ।
सायदै जिल्लामा क्रियाशिल कुनैपनि दलको अनुमान भन्दा बढि उपस्थिति भएको हुनुपर्छ जस्तो लाग्छ उनको विचार सुन्नका लागि आउनेहरुको संख्या । कुनैपनि दलले बढि महत्व नदिएको सो कार्यक्रमको आयोजना स्थल कुनै सरकारि उर्दिबाट उपस्थितहरुले भरिएको पनि होईन । राष्ट्रिय स्वतन्त्र पाटि अर्घाखाँचीले आयोजना गरेको उत्त कार्यक्रम सो पाटिलाई पनि कम चुनौतिको थिएन । पाटिका केन्द्रिय सभापति आउँदा सांगठनिक हिसावले खासै बलियो नरहेको अवस्थामा कति उपस्थित गराउन सकिएला भन्नेमा परिक्षा र समर्थनको भार पत्ता लगाउनु पनि सो पाटिका निम्ति कार्यक्रम गर्नु आवस्यक त थियो नै तथापि उनिहरुको अनुमानलाई पनि फ्लप ख्वाउने गरि जिल्लामा रहेका क्रियाशिल दलहरुलाई जिल्ल पार्दै उनिहरुका कार्यकर्ताहरु नै कार्यक्रम स्थल भर्न पुगेको सत्य सामाजिक संजालहरुमा छरपष्ट भएको देखिन्छ ।
उनिहरुकै शब्द सापटि लिने हो भने पनि पुराना दलहरुलाई सुध्रन अव समय कम भएको वा समय वितिसकेको रुपमा ब्याख्या भएको पाइन्छ ।
यसका पछाडि दुईवटा कारण बढि देखिन्छन ,रवि प्रतिको आशा वा भरोसा या त पुराना प्रतिको निराशा । कसैले पनि यसको अलवा कारण दिन सकेका छैनन । तर पनि प्रष्ट रुपमा भन्न सकिने आधारहरु पनि यि भन्दा बलिया अरु के नै पो होलान र ? आखिर के छ रविमा जुन अरु दलमा छैन ? मात्र उनलाई बलिया बनाउने युवाको चाहाना वा अरु केहि पनि लुकेको छ ? एउटा पत्रकारको रुपमा देखेको रवि राजनितिमा विवादरहित छविका साथ उदय भएपनि राजनितिमा आईसकेपछि केहि आरोप भने उनलाई लागेका छन् । उनको त्यो पत्रकारितामा रहेको सफलिभुत कर्म राजनितिमा कति सार्थक हुनेहो ? आखिर त्यो परिक्षा भने उनले दिन भ्याइनसकेको भन्दा धेरै फरक नपर्ला । तर एउटा सत्य के हो भने जहाँ रवि पुगेका छन त्यहाा अनपेक्षित जनलहर दखिएको छ । साधारण जिवनशैलि र आम मानिस सँगै हुनु, उनिहरुसँगै घुलमिल हुन सक्नु उनको कला हो भन्दा फरक नपर्ला पनि । के यसमा सबै युवा र जनताका चाहाना पुरा गर्ने साधना छ र भन्नेहरुलाई खरो जवाफ दिन सक्ने उनका पछाडि किन मानिस दौडिरहेका छन ? आखिर राजनितिलाई बुझेर पनि कम अनुभवि रविमा केहि काचोपन देखिएको रुपमा पनि ब्याख्या हुने गरेका छन्, जुन केहि हद सम्म झुट होईनन भन्नुनै पर्छपनि ।
तर अर्कोपाटो पनि हेरौँ के साच्चि अब पुरानाहरुको पालो पुगेकै हो त ? कता कता उनिहरुका युवानेता तथा कार्यकर्ताहरु जसले आफ्नो पाटिको भन्दा बढि महत्व दिएकै जस्तो गरि कार्यक्रममा सहभागि हुनुले के यहिँ संकेत गरेको हो त ? दशकौँको इतिहाँस बोकेका दलहरुको सामना गर्न रवि एक्लै होमिदा यसको परिणाम भिडकै आधारमा हुन्छ भन्ने हो भने अव समय फरक घडिमा गुडन पनि सक्ला तर यति भन्दा पुराना भनेका दलका नेताले केहिपनि नगरेका हुन र ? त्यसो भने हाइन, केहि त अवस्य पनि भएकै छ । ब्यवस्था बदलिए, जनताका छोराछोरी राज्यको नेतृत्व तहमा पुगेका छन् , दलित,महिला, जनजाति तथा अनेकन सामाजिक रुपमा पछि परेकाहरुले थुप्रै अवसर पाउने ब्यवस्था बनेको पनि छ । गोरेटाहरु सुधारिएका छन् । घरहरु बनेका छन् यि र यस्तै विकासमा राजनितिक रुपमा रवि र उनको पाटिको भुमिका राजनैतिक रुपमा छैन तर यि सबैको वावजुत नागरिकको अवस्था सुध्रिएन र बनेका घरहरु भत्किन थालिसकेका छन् । घरहरु खालि हुदैछन् , युवाहरु विदेसिनुको पिडा पुराना दलहरुलाई लगाउँदै रविप्रति केहि आशा गरेको ठहर गर्न सकिन्छ । उनले बोलेका अधिकांश कुराहरुमा विदेसिएका युवाहरुको प्राथमिकताका विषयहरु हुनु, जनभावना अनुरुप क्रियाकलाप गर्न सक्नु र दौडधुपमा थकान महसुष नगर्नुले पनि रवि धेरैको रोजाईमा परेका हुन सक्छन् । फेरि यसरि मात्र हेर्दा रवि र उनको दललाई देखिएको भिडले कुनैबेलाका दलको भित्तामा पुर्याउन पनि नसक्ला भन्न सकिन्न । किनकि तरल राजनितिक अवस्थाबाट प्रताडित जनमानस कतिबेला कुन निर्णय गर्न सक्छन भन्ने यकिन गर्न भने कठिन छ । स्थिर र ठोस राजनितिको याचना गरेका नेपालिहरुको पहिलो मुद्धा देश भित्र पनि केहि छ भन्ने निश्कर्ष निकाल्न सक्ने अठोट सहितको नेतृत्व र त्यसको कार्यदिशा नै अहिलेको आवस्यकता र चाहाना हो भन्नेमा भने दुई मत देखिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार