२२ कार्तिक २०८२, शनिबार
२२ कार्तिक २०८२, शनिबार

चलचित्र प्रचारप्रसार र प्रवर्द्धनमा तल्लीन चलचित्र क्षेत्रको चर्चित नाम रुबि श्रेष्ठ

चलचित्र प्रचार ,प्रसार र प्रवर्द्धन बाट चलचित्र क्षेत्रमा सेवा पुराउने एउटा यस्तो नाम हो रुबि श्रेष्ठ ।
जो बिगत ८ बर्षदेखी नेपाली सिने क्षेत्रमा काम गर्दै आएकी छिन ।
पहिलो चलचित्र मेरि मामु बाट आफ्नो चलचित्र यात्रा सुरु गरेकी उन्ले इन्टु मिन्टु लन्डन ,प्रेम गित -३,बेहुली फ्रम मेघौली जस्ता थुप्रै चर्चित चलचित्रहरुमा काम गरेको बताउछिन भने यहीँ आउदो फाल्गुन १४ गते महाशिबरात्रीको दिन रिलिज हुन गैरहेको दिवाकर भट्टराईको लेखन निर्देशन तथा पल शाह र दिपिका प्रसाईको मुख्य भुमिका रहेको चलचित्र मायावी ,जस्को टेलर अत्यधिक रुचाईएको ट्रेन्डिङ १ मा पर्न सफल भएको थियो ।त्यसै गरि चैत्र ८ मा रिलिज हुने सागर खनालको डेब्यु चलचित्र ११:५५ मा पनि उनी आबद्ध रहेकी छिन । त्यस्तै प्रदर्शन मिति नतोकिएतापनी धेरैको प्रतीक्षामा रहेको चलचित्र बलिदानमा पनि रुबिको योगदान रहेको छ ।


चलचित्र मेरि मामु देखि नै आसुसेन प्रोडक्सनमा जोडिएकी रुबि सन्तोष सेनसँग काम गर्न पाउँदा धेरै कुराहरु सिक्न पाएको र आफुले सन्तोषलाई अभिभावक मान्ने गरेको बताउछिन । सेनकै निर्देशनमा निर्मित बहु चर्चित चलचित्र प्रेम गित ३ बाट धेरै साथ मिलेको र आफुले अगाडि बढ्न हौसला पाएको भन्दै उनिसँग जोडिएर काम गर्न पाउनु आफ्नो जिबनको सबैभन्दा सुखद पल रहेको उनको भनाई छ ।


परिवारको साथ सहयोग र हौसलाले अगाडि बढ्न हौसला मिल्ने र परिवारको सहयोगबाट नै आफू यहाँ सम्म आएको उनको दाबी छ ।उनी यो सफलतामा सबैभन्दा धेरै साथ उनको भाइ आभासको रहेको छ ।भाईको साथबिना यो असम्भव जस्तो नै रहेको र हरेक कुरा भाईसँग सरसल्लाह गरेर मात्रै गर्ने गरेकी छिन ।
उनी हेर्दा सरल र सभ्य देखिन्छिन त्यतिकै सभ्य र असल उनको बिचार छ ।काम सानो ठूलो हुँदैन र जिबनमा सफलता हात पार्नुछ भने मिहिनेत र लगनशील हुनुपर्छ भन्ने बिचार बोकेकी रुबिको व्यबहारमा पनि यस्तो देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार