कोरोना सङ्क्रमणबाट थप ३ जनाको ज्यान गयो, २ सय ६ जनामा सङ्क्रमण

काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ ।

थप तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार पाँच जना पुगेको
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा दुई हजार आठ सय ६९ जनाको नमुना परीक्षण गर्दा दुई सय ६ जना सङ्क्रमित थपिएका छन् भने तीन सय ९८ जना निको भएका छन् ।
अब नेपालमा दुई हजार आठ सय ९१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

२४ घण्टामा ९८ हजार चार सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार