आज दशैँको दोस्रो दिन ब्रम्हचारिणी भगवतीको पूजा गरिदै

दशैँको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरेर मनाइँदैछ । बडादशैँ अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गर्ने चलन रहेको छ।
घटस्थापना गरेसँगै नवदुर्गाका ९ रूपको पूजा गर्ने परम्परा अनुसार नवरात्रका नौ दिन मध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
हिन्दु धर्मालम्विहरुका लागि बडादशैं विषेश उत्सव पनि भएकाले हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार