त्रिभुवन विश्वविद्यालयले दियो आजदेखि हिउँदे बिदा

काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले आजदेखि हिउँदे बिदा दिएको छ।

जाडो बढेसँगै त्रिवि अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा हिउँदे बिदा दिइएको हो।
त्रिवि कार्यकारी परिषद्ले आजदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।

उक्त समयमा पठनपाठन बन्द भए पनि प्रशासनिक कार्य भने सञ्चालन हुने उनको भनाइ छ। हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन्।

त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार