शोभाखर पन्थी
अर्घाखाँची / फागुन -१०
सन्धिखर्क नगरपालिका वडा नं.-२ का वडाअध्यक्ष मोतिजङ्ग रायमाझीले शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको बताउनुभएको छ । भगवती माध्यमिक विद्यालय कुर,शंखेटारी द्वारा आयोजित खेलाडी सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मन्तव्य राख्दै उहाँले प्राविधिक र जनवादी शिक्षा बिना मुलुकले खोजेको जनशक्ति पाउन नसक्ने वताउनुभयो । शिक्षा क्षेत्रमा राज्यले न्यून रकम लगानी गरेर रमिते बनेको भन्दै उहाँले लगानी बढाउन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष समेत रहनु भएका रायमाझीले विद्यार्थीको चौतर्फी बिकासको निम्ति अतिरिक्त क्रियाकलापमा जोड दिन आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षता र शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ध्रुब बहादुर खत्री ,पुर्व प्रधानाध्यापक श्यामबहादुर भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै खेलाडी छात्र -छात्राहरुले खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गर्नुभएको थियो ।


कार्यक्रममा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ट्रिपलजम्पमा स्वर्ण पदक विजेता ममता जि.सी.,
१५ सय मिटर दौडमा स्वर्ण पदक बिजेता अस्मिता श्रेष्ठ ,
लङजम्प र ८०० मिटर दौडमा स्वर्ण पदक विजेता ममता जि.सी.,रिले दौडमा स्वर्ण पदक विजेताहरु ममता जि.सी.,अस्मिता श्रेष्ठ ,अनिशा विश्वकर्मा ,वर्षा भुसालका
साथै अन्य रजत र कास्य पदक विजेता खेलाडी छात्र छात्रा हरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
सदरमुकाम सन्धिखर्कमा संचालित ३ दिने सन्धिखर्क नगरपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा भगवती माध्यमिक विद्यालयका छात्र-छात्राहरुले द्वितीय स्थान प्राप्त गरेका थिए ।
शिक्षामा आमूल परिवर्तन गर्नु पर्छ: रायमाझी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया

