२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

कोरोना खोपले १५ दिनपछि मात्रै प्रतिरोधी क्षमता विकास गर्ने

काठमाडौँ — धेरैमा जिज्ञासा उत्पन्न भएको छ– खोपले कोभिड–१९ विरुद्धको प्रतिरोधक क्षमता कहिले विकास गर्ला रु विज्ञहरू भन्छन्, ‘तत्कालै प्रतिरोधात्मक क्षमता हासिल हुँदैन । खोप लगाएको केही सातापछि मात्र शरीरमा संक्रमणविरुद्ध लड्ने क्षमताको विकास हुन्छ ।’
सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा जारी पछिल्लो तथ्यमा कोभिसिल्डको सुरक्षा अवधिबारे यकिन गरिएको छैन । यो खोपको दोस्रो मात्रा प्राप्त गरेको चार सातापछि सुरक्षात्मक प्रतिरक्षा क्षमता उत्पन्न हुन सक्ने जनाइएको छ । अर्थात्, पहिलो र दोस्रो मात्रा लगाइसकेको दुई महिनापछि संक्रमणविरुद्ध सुरक्षात्मक प्रतिरक्षा क्षमता उत्पन्न हुन सक्छ । ‘तर खोप लगाउनेको शरीरमा करिब १५ दिनपछि संक्रमणविरुद्धको प्रतिरोधात्मक क्षमता क्रमशः विकसित हुन थाल्छ,’ सहप्रवक्ता अधिकारीले भने ।
औषधि व्यवस्था विभागबाट ससर्त आपत्कालीन उपयोग अनुमति पाएको अक्सफोर्ड–एस्ट्रेजेनेकाको ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्डियाले कोभिसिल्डको नाममा उत्पादन गरिरहेको छ । यो खोप ०।५ एमएलको दुई मात्रा लगाइन्छ । सिरमका अनुसार खोपको पहिलो मात्रा लिएको ४ देखि ६ साताभित्र अर्को मात्रा लिनुपर्छ । तर पहिलो मात्रा लिएको १२ सातासम्म पनि दोस्रो मात्रा लिन सकिने विदेशमा भएका विभिन्न अध्ययनले देखाएका छन् ।
बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमका अनुसार बुधबार खोप लगाएकाहरू कसैलाई जटिल प्रतिकूल असर देखिएको छैन । केहीमा वाकवाकी लाग्ने र खोप लगाएको ठाउँमा रातो हुनुबाहेक प्रतिकूल असर नदेखिएको उनले बताए । खोप लगाएका १० मध्ये एक जनामा सामान्य प्रतिकूल असर देखिन सक्ने चिकित्सकहरूले बताएका छन् ।
खोप लगाएको ठाउँमा थिच्दा दुख्ने, सुन्निने, थकाइ वा कमजोरी अनुभव हुने, काम्ने, हल्का ज्वरो आउने समस्या देखिन सक्छ ।
यो खबर इ कान्तिपुर डटकमले प्रकासित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार