काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले भारत र बेलायतको संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई दिएको अधिकार नेपालको संविधानले परिकल्पना नगरेको बताएका छन् ।काँग्रेस निर्वाचन क्षेत्र नम्बर ६ ले शुक्रबार सहिद दिवसको अवसर पारेर शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले भने, ‘हाम्रो संविधानमा प्रधानमन्त्रीविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने प्रावधान छ। विघटनको अधिकार छैन। हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने अनि भारत र बेलायतको उदाहरण दिने भए उतै जानुस् ।’ यस्तै उनले अहिले अदालतमा बहुमत प्राप्त गरेको प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर बहस भइरहेको बताउँदै मन नलागे प्रधानमन्त्री घर जान सक्ने बताए।‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर अदालतमा छलफल चलिरहेको छ। मन लागेन भने गर्नेरु घर जाने। घरमा बस्न मन नलागे वन जाने,’ उनले भने।
उनले पाँच वर्षका लागि केपी ओलीलाई जिम्मेवारी दिइएको तर ओलीले त्यसलाई पूरा गर्न नसकेको बताए। ‘संविधानको जगमा उहाँलाई जिम्मेवारी दिइयो। तर शास्त्र नपढेकोले अस्त्र चलाउन जानेनन्,’ उनले भने, ‘घर बनाउन नसक्ने हो भने जानिनँ भन्नुपर्नेमा उहाँ जग भत्काउन लाग्नुभयो।’
उनले ओलीलाई इतिहासले जनताको अधिकार खोस्ने शासकका रुपमा दर्ज गर्ने समेत बताए । थापाले अहिले चुनाव कसले जित्ने भन्ने प्रश्न नभएको भन्दै काँग्रेसले जित्ने बताए ।
यस्तै उनले काँग्रेसभित्र चुनावको पक्षमा उभिएका नेतामाथि पनि प्रश्न उठाएका छन । उनले भने, ुसंविधानमा प्रहार गरेर प्रधानमन्त्री ओली अधिनायक हुँदै छन् । तर, केही काँग्रेसहरू त्यसका पक्षमा उभिँदै छन् तपाईं संविधानको पक्षमा कि विपक्षमारु,’ थापाले प्रश्न गरेकाछन ।
काँग्रेसका केही नेताहरुले संसद पुनस्स्थापान वा निर्वाचन हुँदा दुबै हातमा लड्डु हरेको बताउने गरेका छन् । केही काँग्रेसी नै अदालतका विषयमा बोल्न हुँदैन भनेर पन्छिने गरेकोमा आक्रोश व्यक्त गरे
संसदमा अदालतलाई संसदको एउटा समिति माताहत राख्ने प्रस्ताव आउँदा आफूहरु अदालतको स्वतन्त्रताको पक्षमा उभिएको थापाले स्मरण गरे ।
‘संसदले अदालतको सम्मान राख्यो, अब हामी चाहन्छौं, अदालतले संसदको सम्मान राखोस्’ थापाले भने । त्यसका लागि न्यायधीशहरुले संविधान पल्टाएर हेरे पुग्ने उनको भनाइ थियो । थापाले भने, ‘हामी श्रीमानहरुलाई भन्न चाहन्छौं, तपाईहरु संविधान पल्टाएर हेरिराख्नु भएको छ, अक्षरहरु पढिराख्नु भएको, हेर्ने त्यही हो । तर संविधानका धाराहरु शून्यबाट आएका होइनन् ।