२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

बिकट गाउँमा खुशीयाली छाउँदा शहरमा षडयन्त्रको बिजारोपण

शोभाखर पन्थी
नेपाली कांग्रेस प्यूठानले फागुन-२ गते प्रकाशित गरेको प्रेस विज्ञप्ति पढ्न पाएँ । कांग्रेस जिल्ला सभापति विष्णु कुमार गिरी द्वारा जारी गरिएको भनिएको विज्ञप्ति स्वयं उहाँले नै जारी गर्नु भयो भन्ने कुरामा मलाई पट्टकै विश्वास छैन ।
किनकी नेपाली कांग्रेस एउटा जिम्मेवार पार्टी हो । कांग्रेसले मनगणन्ते र भ्रामक कुरा लेखेर कसैको मान मर्दन हुनेगरी सस्तो लोकप्रियताको निम्ति वक्तव्य जारी गर्न मिल्दैन।उसले गर्ने हरेक गतिबिधि जनताको पक्षमा केन्द्रीत हुनुपर्छ ।आफुलाई लोकतन्त्रको मसिहा ठान्ने कांग्रेसले सकेसम्म स्वयं आफै जनताको पक्षमा दृढता पूर्वक उभिएर जनआवाजलाई बुलन्द गर्न सक्नु पर्छ यदि त्यसो गर्न नसके अरु जो कसैले जनताको पक्षमा काम गरे सहर्ष पचाउन सक्नु पर्छ ।
हुन त एक्सन पछि रि-एक्सन आउनु स्वभाविक नै हो । हरेक खालका परिवर्तन पछि मुलुकमा पटक पटक संकट निम्त्याउने र परिवर्तनलाई उल्ट्याउने प्रयत्न भैरहेका थुप्रै उदाहरण छन् । यो परम्परा नेपालमा मात्र होइन संसारभर छ र आज देखि होइन परापूर्वकाल देखि नै कायम छ । यथास्थितिमा रमाउन चाहने हरुको निम्ति परिवर्तन निकै गोरुङ्गो र भारी हुन्छ । जतिसुकै ठूलठूला कुरा गरेपनि उनिहरुको चिन्तनमा सामन्तवादी सोंचले राज गरेको हुन्छ । प्यूठानले धेरै नेताहरु जन्मायो । जहाँ शासकको उत्पिडन हुन्छ त्यस ठाउँमा स्वभावैले नेता जन्मन्छ । मलाई लाग्दछ सूर्य थापा पनि शासकको उत्पिडन बाट जन्मिएको नेताहुन् । उनले जनतालाई त्यो उत्पिडन बाट मुक्त गर्न चाहान्छन् । उनि चिप्ला कुरा गरेर जिल्लालाई अन्धकारमा राख्ने परिपाटीको अन्त्य गर्न चाहन्छन् । उनलाई अहिले जिल्लामा आफ्नो चाकडी गर्ने होइन जनताको काममा एक्सनमा जाने कर्मचारी चाहिएको छ । नेतालाई थुमथुम्याएर लामो समय लगाएर गुणस्तर हिन काम गर्ने निर्माण व्यवसायी होइन छिटो छरितो र गुणस्तरीय काम गर्ने निर्माण व्यवसायी चाहिएको छ । विकासको काममा खबरदारी गर्ने नागरिक समाज र कामको भरपर्दो तरिकाले अनुगमन गर्ने स्थानीय निकाय तथा हरेक काममा निगरानी गर्ने जनता चाहिएको छ ।
सत्य र तथ्यको जगमा टेकेर उभिने थापाले नाटकी कुरा गरेर कसैलाई भ्रमजालमा पार्न चाहन्नन् । उनि आफ्नो ५ बर्षे कार्यकालमा जिल्लामा धेरै गर्न चाहन्छन् । जिल्लाको विकास र जनताको जीवन स्तर सुधारको निम्ति काम गर्दा को रिसाउछ, को खुसी हुन्छ भन्ने कुराले उनलाई कुनै फरक पार्दैन ।
फागुन-१ गते झिमरुक गाउँ पालिका वडा नं. ५ मा भएको टेलिकम 2G/4G सेवा विस्तारको विषयलाई लिएर सांसद थापा माथी गरिएको प्रचारबाजी निकै पूर्वाग्रही र दुराशय पूर्ण हिसाबले गरेको पाईयो । कार्यक्रमको एक प्रत्यक्ष दर्शि म पनि थिए । ओखरकोट-५ नेपानेमा अबस्थित बि.टी.एस.टावर उद्घाटनको सन्दर्भमा बनाईएको व्यानर स्वयं सांसद थापालाई चाकडी गरेर बनाईएको थियो । उद्घाटन व्यानर बनाउँदा हाम्रो नाम राख्नुलाई जनताले राम्रो मान्दैन त्यस्तो गर्नु हुँदैन भन्ने उहाँको भनाई मात्र थियो । त्यहाँ प्रदेश सांसद निमा गिरीको बारेमा कुनै कुरा उठेको थिएन । बरु २०७६ सालमा संचार मन्त्री गोकुल बास्कोटा हुँदा थापाकै पहलमा काम सुरु भएको टावर संचालनमा आउन यति धेरै बर्ष लाग्दा आफूहरुले धेरै समस्या झेल्नु परेको जनताको गुनासो थियो । कार्यक्रममा उपस्थित स्थानीय बासिन्दालाई निशुल्क रुपमा सिम कार्ड बितरण गरिएको थियो । मोवाईलमा नेटवर्क नआएर हैरानी व्यहोरेका जनताले घरबाहिर बस्ने आफन्त सँग स्पष्ट सँग मोवाईलमा कुरा गर्न र ईन्टरनेट चलाउन पाउँदा दङ्ग थिए । उनिहरुले गाउँका अन्य समस्या अवगत गराएर छिट्टैकाम पुरा हुनेमा आसावादी थिए ।
थापा जहाँ-जहाँ जान्थे जनताले छोरालाई जस्तै माया गरे । सँगै फोटा खिंचाए । घरमा भएको महि ,दही,गोरस खुवाए र माया गरेर पठाए । थापाले भेटेका अधिकाम्स घरका बृद्धबृद्धा उनले भन्दा फरक बिचार राख्थे निर्वाचनमा सहयोग गर्न नपाए पनि उनिहरुको सांसद थापा प्रति प्रगाढ माया र पुरापुर भरोसा थियो । उनिहरु भन्थे वावु हक्कि र निडर छौं त्यस्तै रहिरहनु तिम्रो भगवानले सधै भलो गर्ने छन् । थापाले मुसुक्क हाँसेर भन्थे मेरो भगवान हजुरहरुहो माया पाएकै छु । थापालाई भेटेर थुप्रै बृद्धबृद्धाले गहभरी आंसु वनाएर बुढौलिमा गर्नुपर्ने संघर्ष र कठिनाईका बारेमा समेत जानकारी गराए ।
कार्यक्रम स्थलमा जनता खुसिले प्रफुल्ल थिए । पटकपटक आफ्नो गाउँघरमा बिकास लिएर आएको प्रति उनिहरुले थापा संग खुसियाली साटासाट गरेका थिए ।सांसद थापा प्रति उनिहरुको प्रगाढ प्रेम र भरोसा थियो । त्यो जन प्रेम र माया सबैलाई पच्ने कुरा थिएन ।त्यसैले यता सदरमुकाममा षडयन्त्रको सुरुवात भयो र सत्ता साझेदार एउटा जिम्मेवार राजनीतिक दलको सभापतिलाई वक्तव्य लेख्न लगाईयो ।
म कांग्रेस सभापति ज्यूलाई कार्यक्रमा उपस्थित स्वयं प्रदेश सांसद निमा गिरीलाई एकपटक त्यहाँको वास्तविकता बुझ्न आग्रह गर्दछु ।
अन्त्यमा म उहाँलाई प्रश्न गर्न चाहन्छु -प्रत्यक्ष निर्वाचित सांसद बाट जनताले ठूलो अपेक्षा गरेको हुन्छ भन्नु गलत कुरा हो र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार