४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

नेपालमा कोभिड–१९ संक्रमितको संख्या २ लाख ७१ हजार ४३१

३ हजार ५९७ पीसीआर परीक्षण गर्दा ५२ जना महिला र ९० जना पुरुष गरि देशभर पछिल्लो २४ घण्टामा १४२ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । थपिएका संक्रमित मध्ये ५५ जना काठमाडौँ उपत्यकाका रहेका छन् । यसमा २५ जना महिला र ३० जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा २०६ जना निको भए सँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ६५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९८।४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको कूल संख्या २ हजार ३१ पुगेको छ ।
हाल संस्थागत आइसोलेसनमा ८८१ जना रहेका छन् भने आईसीयूमा ६१ र भेन्टिलेटरमा १७ जना रहेका छन् । भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु संक्रमण मुक्त रहेका छन् भने काठमाडौँमा मात्र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार